![](http://mail.ratosamachar.com/wp-content/uploads/2022/02/RATO.jpg)
![](http://mail.ratosamachar.com/wp-content/uploads/2022/02/RATO.jpg)
![](http://mail.ratosamachar.com/wp-content/uploads/2022/02/RATO.jpg)
गर्भवतीको उद्धार गरेर मुगु जिल्लादेखि सुर्खेत लैजाने क्रममा नेपाली सेनाको हेलिकप्टरमा एक शिशुको जन्म भएको छ। मुगु खत्याड गाउँपालिका ४ जुका गाउँकी २० वर्षीया गर्भवती धनलक्ष्मी रावलले सेनाको हेलिकप्टरमै छोरा जन्माएकी हुन्।
नेपाली सेनाका मेजर बिलिना मल्लका अनुसार पाइलट प्रमुख सेनानी रत्नचन्द्र श्रेष्ठले गर्भवतीको उद्धार गरेका थिए। उनले भनिन्,‘सेनाको हवाई वेस क्याम्प सुर्खेतबाट गएको हेलिकप्टरले धनलक्ष्मीको उद्धार गरेको थियो। आमा र बच्चाको अवस्था सामान्य रहेको छ।’ उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। सेना दिवसमा मानवीय उद्धार नमुनाको सेवा भएको नेपाली सेनाले जनाएको थियो।
गर्भवतीलाई व्यथा लागेको १८ घण्टा भइसकेको थियो। बच्चा उल्टो बसेर सुत्केरी हुन सकेको थिएन। अवस्था निकै गम्भीर थियो। जतिसक्दो चाँडो अस्पताल पुर्याउनु पर्ने थियो, मेजर मल्लले भनिन्,‘हेलिकप्टर गर्भवती ल्याएर उडेको ३० मिनेटमा दैलेख जिल्लाको आकाशमा बच्चा जन्मिएको हो। महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइको समन्वयमा नेपाली सेनाले गर्भवतीको हवाइ उद्धार गरेको थियो।
गर्भवतीका पती पञ्चलाल रावलले नेपाली सेनाको हेलिकप्टरले पत्नीको पुर्नजन्म दिएको भन्दै खुसी व्यक्त गरे। उनले भने,‘व्याथाले निकै च्यापेको थियो। यहाँ सुत्केरी हुन सक्ने अवस्था थिएन। हामी निकै आत्तिएका थियौँ। तर नेपाली सेनाको हेलिकप्टर आएकोले सकुशल उद्धार भयो। हामी खुसी छौँ।’
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्