मकवानपुरे सञ्चारकर्मी देबकोटा कान्छोले हेटौंडा १५ मा रहेको दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलमा बुवा आमाको साथमा आफ्नो जन्मदिन मनाएका छन्।

संयम मिडिया प्रा. लि. का प्रबन्ध निर्देशक समेत रहेका कान्छोले बुवाकोे ६२ औं र आफ्नो ३२ औं जन्मदिनलाई आश्रयस्थलमा रहेका बुवा आमाको साथमा  वृद्ववृद्वा आमा बुवासंगै केक काटेर र एक दिनको खाना खाजा खुवाएर आफ्नो र आफ्नो पिताको जन्मोत्सव मनाएका हुन्।

मकवानपुर जिल्लामा रेडियोबाट पत्रकारिता सुरु गरेका देबकोटा कान्छो बिगत दुई बर्ष देखि अनलाईन पत्रकारिता गर्दै आएका कान्छो पछिल्लो समय हेटौंडा टुडे नामको को युटुबमा पनि उत्तिकै सक्रिय रहेका छन् ।

कान्छोले अनावश्यक तडक भडक गरेर मनाउनु बुवाआमाहरुसँगै रहेर आफ्नो जन्मदिन मनाउदा खुसी लागेको बताउदै आश्रयस्थललाई मिडियाको मर्फबाट पनि सक्ने सहयोगको लागि पहल गर्ने प्रतिवद्वता जनाए ।

कार्यक्रममा कान्छोका बुवा रामशरण देबकोटा, कान्छोका धर्मपत्नी सन्नु रिजाल हेटौंडा टुडे युनिट लगायतको उपस्थिति रहेको थियो ।