पृथ्वी नारायणशाहको ३००औं जन्मजयन्तीका दिन हेटौंडामा र्याली सहितको कार्यक्रम गर्ने हुने भएको छ ।

शाही शक्ति नेपाल मकवानपुरको आयोजनामा यही पौष २७ गते हेटौंडामा र्याली सहितको कार्यक्रम गरिने भएको हो ।

शनिबार पत्रकारको आयोजना गर्दै सम्मेलन गर्दे । शाही शक्ति नेपाल मकवानपुरका अध्यक्ष विवेक शाहीले पुस २७ गते पृथ्वी नारायणशाहको ३००औं जन्मजयन्तीका दिन हेटौंडामा र्याली सहितको कार्यक्रम गर्ने जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्रचौरबाट पुस २७ गते दिउँसो र्याली सुरु गरि हेटौंडा बाजार परिक्रमा गरेर बुद्धचोकमा कोणसभामा परिणत हुने शाही शक्ति नेपाल मकवानपुरका अध्यक्ष विवेक शाहीले बताए ।

शाही शक्ति कुनै राजनिति संग सम्बन्धित नभएको अवगत गराउदै देश बचाऔँ भन्ने उद्धेश्य रहेको बताए ।

देशमा रहेका बिभिन्न राजनितिकदलहरुले समेत देश बचाउनुपर्छ भन्ने सोच नगरेको अवस्था रहेको समयमा जनताको जनभावना अनुसार काम हुनुपर्ने र राजतन्त्र फिर्ता ल्याउने सन्देश दिनकालागी कार्यक्रम आयोजना गरिएको अध्यक्ष शाहीको भनाई छ ।