नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेको नयाँ नयाँ प्रविधिबारे किसानलाई जानकारी गराउन नेपालीलगायत अन्य स्थानीय भाषाको प्रयोग गर्ने भएको छ । वैज्ञानिकहरूले अनुसन्धान गरेको प्रविधि तथा विषयवस्तु किसानलाई बझ्न गाह्रो भइरहेको गुनासो हुन थालेपछि नार्कले किसानले बुझ्ने भाषामा पुस्तक प्रकाशन गर्न थालेको छ ।

नार्कअन्तर्गतको राष्ट्रिय बाह्य अनुसन्धन केन्द्रले राष्ट्रिय गोष्ठीको आयोजना गरी नयाँ प्रविधिहरूमा विज्ञहरूबाट छलफल गराई पुस्तक प्रकाशन गर्दै आएको हो । केन्द्रका प्रमुख डा. ध्रुवराज भट्टराईले प्रत्येक दुई वर्षमा आफूहरूले यसरी गोष्ठी गरेर नेपाली भाषामा पुस्तक प्रकाशन गर्ने गरेको बताउनुभयो । नार्कका वैज्ञानिकहरूले अनुसन्धान गरी तयार पारेको प्रविधिहरूको जानकारी अङ्ग्रेजी भाषामा हुन्छ । अङ्ग्रेजी भाषा किसानलाई बुझ्न अप्ठ्यारो हुने भएकाले त्यसलाई सरल नेपाली भाषा वा त्यहाँको स्थानीय भाषामा प्रकाशन गरी किसान समक्ष पु¥याउने गरेको उहाँले बताउनुभयो ।

प्रत्येक साल नयाँ नयाँ प्रविधिको विकास भएको हुँदैन । त्यसैले हामी प्रत्येक दुई वर्षमा प्रविधि विकास गर्नुभएका वैज्ञानिकहरूको राष्ट्रिय गोष्ठी आयोजना गरी त्यसमा छलफल गरेर पुस्तक प्रकाशन गर्ने गरेको छौँ, केन्द्रका प्रमुख भट्टराईले भन्नुभयो, यसपटक फागुन १० र ११ गते गोष्ठी सम्पन्न गरेका छौँ । त्यसमा विभिन्न ३० वटा नयाँ प्रविधिबारे छलफल भई त्यसको लेख तयार पारिएको हो । ’

३० वटा प्रविधिको बारेमा अन्तर्राष्ट्रिय रूपमा जानकारी गराउनका लागि अङ्ग्रेजीमा पनि पुस्तक प्रकाशित हुन्छ भने नेपाली किसानका लागि नेपाली लगायत अन्य भाषामा प्रकाशन हुने उहाँले जानकारी दिनुभयो । अहिले नेपाली भाषामा प्रकाशन गर्नेर्र्छौं । त्यसपछि प्रदेशमा रहेका कृषि अनुसन्धान निर्देशनालयमार्फत त्यहाँका विभिन्न स्थानीय भाषामा समेत पुस्तक प्रकाशन गराउने तयारी रहेको उहाँले बताउनुभयो । धानमा थोरै युरिया मल प्रयोग गरेर पनि राम्रो उत्पादन कसरी दिन सकिन्छ भनी नयाँ प्रविधिको विकासको बारेमा डा. सन्तोष मरहठ्ठाले जानकारी गराउनुभएको छ भने डा. सुवास सुवेदीले कोदो र फापरको नयाँ जातको विकास गर्नुभएको छ । त्यसैगरी डा. रामवरण यादवले धानको नयाँ जातको अनुसन्धान गरेको बारेमा जानकारी दिनुभएको छ भने मनोज कँडेलले मकैको नयाँ जात अनुसन्धानका बारेमा जानकारी गराइएको छ ।

आलुको बीउ उत्पादनमा नयाँ प्रविधि कसरी प्रयोग गर्न सकिन्छ, त्यसको बारेमा डा. गिर्धारी सुवेदीले नयाँ अनुसन्धान गर्नुभएको छ भने डा. सुरेन्द्रलाल श्रेष्ठले बकुल्ला सिमीको बारेमा नयाँ अनुसन्धान गर्नुभएको छ । यसरी विभिन्न ३० जना अनुुसन्धानकर्ताले नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराएका छन् । जसको बारेमा पुस्तक तयारी गरी यसै आर्थिक वर्षमा किसानको हात हातमा पु¥याउने तयारी रहेको केन्द्रका प्रमुख भट्टराईले बताउनुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो