लिभरपुल र चेल्सी एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई २–१ गोलले हरायो । अर्को खेलमा चेल्सीले च्याम्पियनसिप क्लब लुटोन टाउनलाई ३–२ गोलले स्तब्ध बनायो ।

लिभरपुलको जितमा जापानी फरवार्ड ताकुमी मिनामिनोको दुई गोल गर्नुभयो । नर्विचका लुकास रुपले एक गोल फर्काउनुभयो । लिभपुलले २७औँ मिनेटमा मिनामिनोको गोलमा अग्रता लिएको थियो । ३९औँ मिनेटमा मिनामिनोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । ७६औँ मिनेटमा लुकास रुपले गोल गर्दै नर्विचलाई खेलमा र्फाउने प्रयास गरेपनि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी भयो ।

अर्को खेलमा चेल्सीलाई संघर्षपूर्ण जित दिलाउन सउल निग्वेज, टिमो वेर्नर र रोमेलु लुकाकुले गोल गर्नुभयो । लुटोन टाउनका रिस वर्क र ह्यारी कर्निकले गोल गरेपनि टोलीको हार टरेन ।
अर्काे साउथह्याम्टनले वेस्ट हाम युनाइटेडलाई ३–१ गोलले हराउँदै अन्तिम आठमा स्थान बनायो । साउथह्याम्टनको जितमा रोमेन पेराअड, जेम्स वार्ड प्राउज र अर्मान्डो ब्रोजाले गोल गर्नुभयो । वेस्ट हामका मिचेल एन्टेनियोले एक गोल फर्काउनुभयो । एजेन्सी

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो