मकवानपुर –प्रहरीटोलीले लागुऔषध चरेस र १० किलो गाँजाको धुलो सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका .६ बस्ने वर्ष ३३ को सन्त बहादुर थिङ सोही स्थानका वर्ष २७ ललित बहादुर थिङ र जिल्ला चितवन राप्ती नगरपालिका. वडा नं.११ भण्डरा बस्ने वर्ष २८ को राम बहादुर तामाङ रहेका छन् ।

 

प्रहरी बताए अनुसार जिल्ला प्रहरी टोली र इलाका प्रहरी मनहरी प्रमुख प्रकाश थापाको कमाण्डमा खटिएका संयुक्त प्रहरी टोलीले मनहरी गाउँपालिका .वडा नम्बर ८ सिमपानी स्थित पूर्व पश्चिम सडक खण्डमा चितवन बाट हेटौडा तर्फ आउदै गरेको लु ३ च ९७४ नं. को पिकअप गाडीमा चेकजाँच गर्दा २० किलो ५ सय ग्राम लागुऔषध चरेस र १० किलो गाँजाको धुलो सहित ३ जना पक्राउ परेका हुन् ।

बिशेष सुचनाको आधारमा मिति पुष २८ गते बिहान ३ः३० बजेको समयमा जिल्ला मकवानपुरको बिशेष प्रहरी टोलीले पक्राउ गरेको र थप अनुसन्धान भईरहेको छ ।