बिप्लव नेतृत्वको नेकपा लगायत सात दलिय मोर्चाले आयोजना गरेको नेपाल बन्दका कारण रोल्पा जिल्लाका साना ठुला सबै बजारहरु सुनसान बनेका छन्। जिल्ला बाहिर र भित्र चल्ने कुनै सवारी साधन चलेका छैनन् भने शिक्षण सस्था पनि ठप्प छन्।

एमसीसीको बिरोध स्वरुप गरिएको बन्दले जनजीबन प्रभावित बनेको हो। बन्दका कारण बैङ्किङ क्षेत्र पनि ठप्प गरिएका छन्। बल्ल बल्ल खुलेका बिद्यालयमा पठनपाठन बन्द भए पछि विद्यार्थीहरू रूस्ट बनेका छन्।

विकल्प नखोजेर गरिने पटक पटकका नेपाल बन्दले आम नागरिकले कष्ट भोग्नु परेको तर्फ कहिल्यै कसैले ध्यान दिने गरेको पाईदैन। स्थानीयहरू बन्दको बिकल्प खोज्नु पर्ने बताउछन्।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो