रिद्धिसिद्धि सिमेन्टले  आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इन्जिनियरिङ सुझावलगायत प्राविधिक ज्ञान प्रदान गर्ने सोचका साथ विभिन्न स्थानमा  कन्ट्र्याक्टर मिट (ठेकेदार सम्मेलन)को आयोजना गरेको छ। यही क्रममा कम्पनीले चन्द्रागिरीमा १४ गते भक्तपुर तथा ललितपुरमा र १५ गते बनेपामा कार्यक्रम आयोजना गरेको छ।

देशका विभिन्न स्थानमा कन्ट्र्याक्टर मिट (ठेकेदार सम्मेलन) सम्पन्न गरिसकेको यस संस्थाले आफ्नो ४३ ग्रेडको ओपिसी सिमेन्टमा केन्द्रित रही आफ्नो कन्ट्र्याक्टर मिटको आयोजना गरेको कम्पनीले जनाएको छ।

निर्माण कार्यमा प्राविधिक रूपमा संलग्न सम्पूर्ण ठेकेदारहरूलाई आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इन्जिनियरिङ सुझावलगायत प्राविधिक ज्ञान प्रदान गर्ने तथा सिमेन्टको विशेषतासम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ। कार्यक्रममा ५ सयभन्दा बढीको संख्यामा ठेकेदारहरूले अन्तरक्रियामा सहभागिता जनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले नयाँ वर्ष २०७९ लाई दृष्टिगत गर्दै ठेकेदार वर्ग लक्षित हात खाली नजाने आकर्षक उपहार योजना पनि सार्वजनिक गरेको छ। यस उपहार योजनाअन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा तिनले विभिन्न आकर्षक उपहार हात पार्न सक्नेछन्। साथै योजनाको अन्त्यमा गोला प्रथामार्फत ५ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रूपमा काठमाडौं–पोखरा भ्रमण प्योकज पनि जित्न सक्ने व्यवस्था मिलाइएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो