राष्ट्रिय सभा चुनावको मतदान बिहान ९ बजेदेखि सुरु भएको छ ।
फागुनदेखि रिक्त हुने १९ पदका लागि आज भैरहेको मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र सकेसम्म आजै नतिजा सार्वजनिक गर्ने तयारी सहित सहित प्रक्रिया गरिएको निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच धनुषाको जनकपुरधाममा किसानलाई मलको अभाव भएको भन्दै राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले लफडा गरेका छन् ।
कार्यकर्ताहरु प्रवेश गर्न खोजेपछि प्रहारीले रोक्नखोज्दा झडप भएको छ ।
कार्यकर्ताहरु प्रवेश गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो ।
जनकपुरधामका बिभिन्न ठाउँमा विहानै देखि खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा पार्टीका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका थिए ।
मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ भने जनमत पार्टीका कार्यकर्ताले पहिला मल दिनुपर्ने अनि मात्र मत माग्नुपर्ने बताएका हुन् ।
राष्ट्रिय सभा चुनावमा सात प्रदेशमा आठ मतदानस्थल र १४ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
प्रदेश सभा सदस्य तथा पालिकाका प्रमुख र उप–प्रमुखले मतदान गर्न पाउने व्यवस्था छ ।
चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी नौ दलका ४३ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्