बागमती प्रदेश हेटौँडामा आज भएको राष्ट्रिय सभा निर्वाचनमा बागमतीबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र (नेकपा )एकीकृत समाजवादी की गोमादेवी तिमल्सिना विजयी भएका छन् ।

हेटौंडा—८ स्थित औद्योगिक क्षेत्रमा  आजभएको राष्ट्रियसभातर्फ रिक्त रहेको दुई सदस्य लागि भएको निर्वाचनमा पौडेलले ४ हजार ७सय ९४ मतभार प्राप्त गरे भने तिमल्सिनाले ४ हजार ८सय २४ मतभार प्राप्त गरेर विजयी भएका हुन् ।

यसैगरि,विपक्षी दल नेकपा एमालेका गोपाल शाक्यले ४ हजार ३ सय ४४ मतभार र निरुकुमारी कुँवरले ४ हजार ३सय ४४ मतभार प्राप्त गरेका थिए ।

नेपाल मजदुर किसान पार्टी बाट उम्मेदवार कृष्णबहादुर तामाङले कुल ८४ मतभार र गीता काफ्लेले ८४ मतभार प्राप्त गर्न सफल भएकी हुन् ।