राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक बिहीबार पनि जारी छ ।

बुधबारदेखि सुरु भएको राप्रपा केन्द्रीय समितिमा मुख्यतः तीन वटा प्रतिवेदन पेश भएको थियो । आजको बैठकमा प्रतिवेदनमाथि सदस्यहरुले धारणा राख्ने क्रम चलिरहेको राप्रपाका पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।

बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हेमराज गुरुङले सचिवालयसम्बन्धी प्रतिवेदन र महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन तयारी सम्बन्धित विषयवस्तु प्रस्तुत गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो