मकवानपुरको विकट क्षेत्रमा पर्ने राक्सिराङ गाउँपालिकाले कोभिड १९ विरुद्वको खोप अभियानलाई सफल पार्ने योजना अघि साारेको छ ।

यसै विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी सतिको उपस्थितिमा बृहत अन्तरक्रिया कार्यक्रम समृत गरेको प्रमुख प्रशासकिय अधिकृत देब चन्द्र गर्तौलाले बताए ।

उनले गाउँपालिका एवं अन्य सरोकारवाला पक्षहरुबाट राक्सिराङ्गलाई चाडैंनै पूर्ण खोप पालिका बनाउने प्रतिवद्धता गरिए संगै गाउँपालिकाको हरेक वडा बासीहरुलाई खोप प्रदान गरिने बताएका हुन् ।

उक्त स्थानमा रहेका चेपाङ र दलित बालबालिका, एकल महिला असक्त वृद्धवृद्धा लगायतहरुमा करिब ४० प्रतिशतले खोप लिएको र रहेका सम्पुर्णको लागि खोप प्रदान गरिने पालिकाका प्रवक्ता रामकृष्ण प्रजाले जानकारी दिए ।

खोप उपलब्ध गराउन आफुहरु लागि पर्ने र सम्पुर्ण वडामा वडा सदस्यहरु, साजनितिकदल र बुझेकाहरुको मध्यमबाट सुचना पुर्याइ खोप प्रदान गरिने बताए ।

वडा वडा, स्वास्थय कार्यलय उक्त स्थानमा रहेका चर्च, बिद्यालयमा सेवा प्रदान गरिने र असक्तहरुलाई घरघरमै पुगेर कोभिड विरुद्ध खोप प्रदान गरिने प्रजाले बताएका हुन् ।