A Ukrainian soldier investigates debris of a burnt military truck in a street in Kyiv, Ukraine, Saturday, Feb. 26, 2022. Russian troops stormed toward Ukraine's capital Saturday, and street fighting broke out as city officials urged residents to take shelter. (AP Photo/Efrem Lukatsky)

एजेन्सी ।रुस र युक्रेनका सेनाले शुक्रबार बिहान कीभको वरपरका क्षेत्रमा रुसी ट्याङ्कहरू आइपुगेपछि गोली हानाहान भएको छ ।

युक्रेन संकटलाई लिएर नेटोले आपतकालीन बैठक बोलाउने र युक्रेन संकटबारे छलफल गर्न नाटोले आपतकालीन बैठक बोलाउने तयारी गरेको छ ।

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले छिमेकी रुसले बिहीबार बिहान विशेष सैन्य कारबाही सुरु गरेदेखि लाखौ मानिसहरू युक्रेन भित्रबाट आफ्नो घर छोडेका छन् ।

द्न्द्वबाट भागेर युक्रेनीहरू शान्त सीमाना तर्फ हजारौँ मानिसहरु पैदल यात्रा गरी हिडेका थिए भने पोल्याण्डले केभिड परीक्षण बिना बाहिरबाट आउने मानिसहरूका लागि क्वारेन्टाइन नियमहरू समेत हटाएको छ । लाखौँले अन्तर्राष्ट्रिय सीमाहरू पार गरिसकेका छन्।

युक्रेनको शान्तिपूर्ण समाधानका लागि आसियानका विदेश मन्त्रीहरूले आह्वान गरेका छन् ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का विदेश मन्त्रीहरूले शनिबार एक विज्ञप्ति जारी गर्दै युक्रेन संकटको शान्तिपूर्ण समाधान खोज्नका लागि सबै पक्षहरूलाई वार्ता गर्न आह्वान गरेका हु्न्।

स्थितिलाई नियन्त्रण गर्न शान्तिपूर्ण वार्ताका लागि अझै ठाउँ छ भन्ने विश्वास रहेको जनाईएको छ ।

रूसी मिडियाले जनाए अन’सार क्रेमलिनले शनिबार युक्रेनले वार्ता गर्न अस्वीकार गरेको बताएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रहेका मुख्य रुसी सेनालाई आफ्नो अग्रगामी पुनः सुरु गर्न आदेश दिएको छ।

रूसी विदेश मन्त्रिसर्गेईले भनेका छन’ लाभरोभले शनिबार भने मस्को युक्रेनमा एक समझौतामा सबै रचनात्मक शक्तिहरुसंग वार्ताको लागी तैयार छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार युक्रेनलाई संयुक्त राष्ट्रसंघले मानवीय सहायता उपलब्ध गराउने बताएका छन् ।

picture- अन्तराष्ट्र सञ्चार माध्यम

https://www.cgtn.com/special/Live-update-Ukraine-Russia-border-crisis.html?fbclid=IwAR1InR8PX2a0zKT2AYh86LXciD2Rk7Ubjr-mZ6ZZrZ3eOBIKOQVVPUBbMSs