मुक्तिनाथ विकास बैंक लिमिटेडले भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई सहयोग गरेको छ।

बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमबीच सहयोगका लागि चेक हस्तान्तरण गरेको छ। यस सहयोगबाट पार्क निर्माण, वृक्षरोपण तथा सम्भार गर्न मद्दत पुग्ने र पार्कमा आउने व्यक्तिलाई आराम गर्ने वातावरण मिल्ने धारणा बैंकले लिएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो