मकवानपुर । मकवानपुरगढी गाउँपालिका-५ मा जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी-५ को आयोजनामा यहि पुस १४ गतेदेखि १७ गतेसम्म जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।

उक्त प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्धितिय हुनेले ३३ हजार ३ सय३ ३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ ।
प्रतियोगितामा तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा हुने प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ हजार, वेष्ट स्पाइकरले २ हजार, वेष्ट सेटरलले २ हजार, वेष्ट ब्लकरले २ हजार र अनुशासित टिमले समेत पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा टिम दर्ता गर्न २ हजार रुपैयँ लाग्ने र टिम दर्ता पौष १३ गते दिउँसो ३ बजे सम्म गरिसक्नुपर्ने कार्यक्रम संयोजक ईन्द्रप्रसाद सञ्जेलले बताए ।
सञ्जेलले बताए अनुसार खेलको टाइसिट भने पुस १३ गते नै दिउँसो ४ बजे सार्वजनिक गरिने छ ।