हेटौंडा । मकवानपुरका १० वटै स्थानीय तहमा पुस ४ गतेबाट १२ वर्ष देखि १७ वर्षसम्मका बालबालिका र किशोर किशोरकिशोरीलाई
कोभिडविरुद्धको मोडर्ना खोप लगाईने भएको छ ।

जिल्लाका १० वटै स्थानीय तहमा बालबालिका र किशोर किशोरकिशोरीलाई विद्यालयमै खोप लगाउने व्यवस्था मिलाईएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयले जनाए अनुसार २ सय भन्दा अधिक विद्यार्थीहरु रहेको विद्यालयलाई खोप केन्द्र बनाएर खोप लगाउने तयारी गरिएको र सो भन्दा भन्दा कम विद्यार्थी भएको विद्यालयलाई नजिकको विद्यालयमा ल्याएर खोप लगाउने तयारी गरेको हो ।

जिल्लामा १२ वर्ष देखि १७ वर्षसम्म खोप लगाउनेको संख्या करिब ५५ हजार छ भने विद्यालय नगएर छुट भएकाहरुलाई स्वास्थ्य संस्थाबाट खोप लगाउन मिल्ने व्यवस्था गरिएको छ ।

लक्षित गरिएकोमा ५५ हजार नै खोप आएको र खोप लगाउने अभियान मंसिर ४,५ र ६ गते गरि तीन दिन चल्ने छ ।