नेपालगंज प्रहरीले लागू औषध ब्राउन सुगर र नगद रकम सहित ३ जनालाई पक्राउ  गरेको छ ।
पक्राउ पर्नेमा गगनञ्ंज बस्ने २८ बर्षका आदित्य श्रेष्ठ, २६ बर्षका अंकित श्रेष्ठ र सुर्खेत बिरेन्द्रनगर.नगरपालिका ६ बस्ने ३८ बषर्का गणेश भण्डारी रहेका छन् ।

लागुऔषध ब्राउन सुगर बेचबिखन भईरहेको भन्ने प्रहरीले पाएको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरोे प्रहरी टोलिले पक्राउ गरेको हो ।

प्रहरीको जानकारी अनुसार उनिहरुको स्थानमा गई खानतलासी गर्दा आदित्यको साथबाट ३० ग्राम ब्राउन सुगर जस्तो पदार्थ, तौल गर्ने तराजु र नगद रु.१०हजार सोहीकोठामा निजसंगै रहेका सोही स्थानका अंकित र गणेशको साथबाट १लाख३४हजार नगद सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
उनिहरुलाई विहिबार अप्राहन्न ३ बजे पक्राउ गरि आवश्यक थपअनुसन्धान अघि बढाईएको छ।