हेटौँडा उपमहानगर भित्र कोभिड बिरुद्ध खोप अभियानले तिब्रता पाएको छ ।

बाचौँ र बचाऔा अभियान अन्तरगर्त सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्रको आयोजनामा हेटौंडा वडा नम्बर –१०मा कोभिड बिरुद्ध खोप अभियान चलिरहेको छ ।

गएको २ गतेदेखि सुरु गरिएको अभियानमा ११ गते सम्म २हजार९सय ६२ र बुधाबार १२ गते ४सय ५ गरि ३हजार३सय६७ जनालाई खोप सेवा प्रदान गरिएको उपकेन्द्रका अध्यक्ष प्रदिप कडेलले बताए ।

उनले कोभिड बिरुद्ध पहिलो डोज खोपको मात्रा नलगाएकालाई र पहिलो लगाएकालाई दोस्रो र मात्रा लगाई सकेर ६ महिना पुरा भएकालाई बुस्टरडोज लगाइने क्रमलाइ निरन्तर दिइएको जानकारी दिए ।

कोभिड बिरुद्ध खोप अभियानसंगै हरेकलाई मास्क लगाउन अनुरोध गर्दै निःशुल्क मास्क बितरण समेत गरिएको अध्यक्ष कडेलले बताए ।

अभियानमा स्वास्थयकर्मी, प्रहरी, प्रशासन र बिभिन्न स्थानमा रहनुभएका व्यक्ती, जनप्रतिनिधिहरुले सामग्री सहयोग गरेका कारण अभियानमा सहज भएको अध्यक्ष प्रदिप कडेलले बताए ।