नेपालमा हराएका बालिकालाई भारत पु(याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने गरेको छ ।

कोठीबाट उद्धार गरिएका बालिका तथा महिलाको शरीर आकर्षक देखाउन कोठी सञ्चालकले विभिन्न औषधि तथा सुई लगाउने गरेको उजुरीका क्रममा बताउने गरेका छन् ।

२०७४ साउनमा काठमाडौँको कपनबाट हराएका ११ र १३ वर्षका दुई बालिका दिदीबहिनीलाई भारत पुर्‍याइएको थियो ।

चार वर्षअघि हराएका ११ वर्षकी…….र १३ वर्षकी ….. लाई सुईबाट वयस्क बनाई देहव्यापारमा लगाइएको खुलेको हो ।

नेपाल प्रहरी अस्पतालका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले ग्रोथ हर्मोन र एस्ट्रोजोन हर्मोनले महिलाको शारीरिक विकास छिटो हुने बताइन् ।

उनले यस्ता हर्मोनयुक्त सुई वा औषधिको गलत प्रयोग बेचबिखनमा पर्ने महिला र बालिकामा हुने गरेको पाइएको बताइन् ।

कक्षा चार र पाँचमा पढ्दै गरेका उनीहरूलाई एक महिलाले खानामा बेहोस हुने औषधि राखेर कलकत्ता पुर्‍याइएकी थिइन् । उद्धारपछि नेपाल ल्याइएकी…..प्रहरीसँगको बयानमा बेहोस अवस्थामै कलकत्ता पुर्‍याइएको बताइन् । बेहोसमा सँगै भारत पुर्‍याइएकी… १३ वर्षकी दिदी …..को अवस्था भने अहिले पनि अज्ञात छ ।

समाचार गोरखापत्र दैनिक बाट साभार