नेपाली काँग्रेसको नेतृत्वका लागि चुनावी माहोलमा उम्मेदवारहरु निकै तात्तिएका छन् ।

फागुन १५ गते जिल्ला अधिवेशन र निर्वाचन हुने निश्चित भएपछि चुनावी माहोल तातेको हो भने बजीमार्ने दाउमा उम्मेदवारहरुको दौडधुप बढेको छ ।

चुनावी मैदानमा नेतृत्वका लागि आफु नै बलियो भएको दावी गर्दै  मकवानपुरका सभापतिका प्रत्यासी आनन्दराम पराजुली मकवानपुरको उत्तरी क्षेत्रमा जरो गाढ्ने दाउमा कुदेका छन् ।

पराजुली बुधबार पदाधिकारी र सदस्यका प्रत्यासीहरु सहितका  टोली लिएर उत्तरी क्षेत्रतर्फ गएका हुन् ।

संस्थापन इत्तर खेमाबाट सभापतिको प्रत्यासी बनेका जयराम लामिछानेको पकड मानिने  मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा तर्फ पुगेर प्रचारप्रसारमा जोड दिएका हुन् ।

सभापतिका प्रत्यासी पराजुलीले बिहीबार बिहान थाहामा कार्यकर्ता भेला कार्यक्रम सम्पन्नपछि हेटौंडा फर्किने र फागुन १३ गते शुक्रबार आफ्नो टीमसहित उम्मेदवारी घोषणा गर्ने जानकारी दिएका छन् ।