मल्यकालीन सभ्यताको प्रतिक मानिने ढुंगेधारा र काठमाडौ उपत्यका पर्याय मानिन्थ्यो। केही वर्षअघिसम्म पानी बगिरहेका ढुंगेधारा भएको स्थानमा कतै गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहोर फाल्ने स्थानमा परिणत भएका छन्।काठमाडौ क्षेत्रका एक दुई स्थानका बाहेक ढुंगेधारा हराइसकेका छन्। भक्तपुरमा संरक्षणको अभियान थालिएको छ। यता पाटनमा रहेका ढुंगेधाराहरु संरक्षणको अभावमा फोहोर फाल्ने अवस्थामा पुगेका छन्।

ललितपुरको दक्षिण टिकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरु सुक्दै जाँदा यी ढुंगेधाराहरु सुक्न थालेका छन्। बढ्दो शहरीकरणका कारण घर लगायतका संरचनाहरु बन्दै जाँदा पानी बग्ने र जमिन मुनि जाने प्राकृतिक बाटो बन्द हुँदा ढुंगेधारा सुकेको स्थानीयहरु बताउँछन्। वर्षायाममा मात्रै पानी झर्ने यी ढुंगेधाराहरु पानी बग्ने ठाउँ नपाउँदा पनि कुरुप बन्दै गएका छन

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो