हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित न्यु देवनगर नेवाः युवा क्लब को आयोजनामा जारी फुटबल गेमको आज पनि २ चरणको खेल भएको छ ।

आज श्रीजना टोल र कालिकाटोल विच पहिलो चरणको खेल र दोस्रो चरणको ओमनगरटोल र कमाने युनाइटेड बिच भएको हो ।

पहिलो चरण्को खेलमा प्रतिस्प्रधा खेलभएसंगै टाईबेकरमा ० विरुद्ध १ गोलगर्दै श्रीजनाटोलले जित हासिल गरेको छ ।

दोस्रो चरणको खेलमा ० विरुद्धमा १ गोल गरेर ओमनगरले जित हासिल गरेको छ ।

१४ समुह रहेको र फागुन१४ गते समापन गरिने खेलमा प्रथम हुने समुहलाई नगद ३० हजार शिल्ड र प्रमाणपत्र दोस्रो हुने समुहलाई नगद १५ हजार शिल्ड र प्रमाणपत्र प्रदान गरिने क्लब अध्यक्ष रामकृष्ण देउला ‘काशी’ ले बताए ।

लागुऔषध मुक्त गरौँ स्वास्थ्यका लागि खेल भन्ने अभियान सहित फागुन ७ गतेदेखि फुटबल प्रतियोगिता सूरु भएको हो ।