हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित कमानेमा आज मर्निङ्ग स्टार, श्रीजना टोलविच पहिलो देवनगर ख र मिलन टोलविच भएको छ।
न्यु देवनगर नेवाः युवा क्लबको आयोजनामा लागुऔषध मुक्त गरौँ स्वास्थ्यका लागि खेल भन्ने अभियान सहितको पहिलो चरणको खेलमा श्रीजना टोलले १ गोल गर्दै विजयी भएको छ ।

मर्निङ्गले गोल गर्न नसकेर पराजित हुनु परेको हो ।

त्यस्तैगरि दोस्रो चरणको खेलमा मिलन टोलले ० बिरुद्ध ३ र्ले विजयी भएको हो।

फागुन ७ गते सुरु गरिएको खेलमा १४ समुह रहेको र फागुन१४ गते समापन गरिने क्लबका अध्यक्ष रामकृष्ण देउला ‘काशी’ ले बताए ।
सहभागीमा प्रथम हुने समुहलाई नगद ३० हजार शिल्ड र प्रमाणपत्र दोस्रो हुने समुहले नगद १५ हजार शिल्ड र प्रमाणपत्र प्रदान गरिने ‘काशी’ ले बताए ।

खेलको उद्घाटन गर्दै न्यु देवनगरको चौरमा नेवाः युवा क्लब र कालिका युवा क्लब बिच भएको खेलमा आयोजक रहेको नेवाः पराजित हुनुपर्यो।

नेवाः युवा क्लबको आयोजनामा आजदेखि फुटबल प्रतियोगिता

 

न्यु देवनगर नेवा : युवा क्लबको आयोजनामा फुटबल गेम