![](http://mail.ratosamachar.com/wp-content/uploads/2024/04/4729d2b3-10fa-480c-841b-398a7f026c84-1-1024x820.jpg)

रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडामा काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी (नेवि संघ)को ५५औँ स्थापना दिवसको अवसरमा नेवि संघ मकवानपुरले दीप प्रज्जवल कार्यक्रम गरेको छ ।
विहिबार वडा नं २ स्थित काँग्रेस मकवानपुरको पार्टी कार्यालयको प्रांगणमा नेवि संघ मकवानपुरका कार्यवहाक अध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुर जिल्ला सभापति वुद्ध लामाको प्रमुख आतिथ्यतामा दीप प्रज्जवलन गरिएको हो ।
नेविसंघ हेटौडा क्याम्पस इकाई अध्यक्ष युवराज विश्वकर्माले सञ्चालन गरेको सो कार्यक्रम पार्टिका जिल्ला सचिव भिमसेन महतको विशिष्ट आतिथ्यता गरिएको हो भने नेवि संघ मकवानपुरका पुर्व अध्यक्ष राजु खतिवडा ,नेवि संघका केन्द्रीय सदस्य मिलन पुडासैनी ,नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य कालू घलान ,ट्रेड युनियन का अर्जुन लाल श्रेष्ठ तथा विद्यार्थीहरुको बाक्लो उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो।
प्रतिक्रिया दिनुहोस्