नेपाली कांग्रेस मकवानपुरको सभापतिमाबुद्ध लामालाई घोषित गरिएको छ।

कांग्रेस मकवानपुरले २०४६ सालपछि पहिलो पटक तामाङ समुदायबाट नेतृत्व पाएको हो ।

कांग्रेस नेतृत्वको लागि सभापतिको युद्धमा रहेका आनन्दराम पराजुली,जयराम लामिछानेबुद्ध लामा रहेका थिए भने ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने भएको थियो।

सभापति उम्मेदवार बुद्ध लामा पहिलो, आनन्दराम पराजुली दोस्रो र जयराम लामिछाने तेस्रो स्थानमा परेपछि दोस्रो चरणमा पराजुली र लामाबीच चुनावी युद्ध हुने भएको थियो ।

चुनावी मैदानमा ३ प्रतिस्पर्धी भएतापनि जिम्मेवारीमा १ जना नै पर्ने निश्चित भएको र त्यसमा सहमती जुटेपछि बुद्ध लामा सभापति बनेका हुन् ।

इन्द्र बानियाको समर्थन रहेको लामा सहमतीमा सभापति बने लगत्तै  उम्मेदवार आनन्दराम पराजुलीले यो जित सिंगो नेपाली कांग्रेसको भएको बताए ।

उनले कांग्रेसको निर्वाचन प्रजातान्त्रिक अभ्यास भएको  उल्लेख गर्दै जित हासील गर्नु ठुलो कुरा नभएर अब पर्ने चुनौती भने ठुलो हुने र आउने चुनौतीमा आफ्नो साथ र समर्थन लामालाई रहने बताएका हुन् ।

पराजुलीले भने “अहिले लामाजी सभापति भएर मात्र हुँदैन् , हामी सबैको जिम्मेवारी छ । काम गर्ने हो काम गर्नुहुन्छ भन्ने विश्वास पनि छ । अन्य पाटीमा हेर्ने हो भने एउटा वडामा सिफारिस लिन जाँदा पनि पाटी प्रवेश गर भन्ने चलन छ । तर, हाम्रो पार्टीमा त्यसो भन्ने चलन छैन । सबैलाई सम्मान व्यवहार गर्ने पाटी नै कांग्रेस हो ।अब हुने स्थानिय निर्वाचनमा कांग्रेसलाई सबै तहमा चुनाव जिताउने मेरो  भरपुर प्रयास हुन्छ । लामाजीलाई मेरो हर समय साथ छ । म पाटीको हुँ  – सभापती नभएता पनि परेका समस्यामा मलाई खबर गरेमा सहयोगका लागि कुनै पनि समय उभिने छु। सभापति नभएपनि मलाई अमूल्य मत दिएर न्याय प्रदान गर्नुभयो र बराबरी मत दिएर जुन माया साथ दिएर सहयोग गर्नुभयो म निकै आभारी छु ।”