पछिल्लो २४ घण्टामा नेपालमा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टीजेन विधिबाट ७ हजार ७४३ जनामा गरिएको परीक्षणमा ३१८ जनामा संक्रमण देखिएको बिहीबार जनाएको हो ।

पीसीआर विधिबाट ५ हजार ५०८ जनामा परीक्षण गर्दा १५१ जना र एन्टिजेन विधिबाट २ हजार २३५ जनामा परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टायता निको हुनेको संख्या ५६२ रहेको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख छ । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ रहेको छ । २४ घण्टामा १ लाख १५ हजार ४०६ जनाले खोप लगाएका छन् ।

यो समाचार कान्तिपुरमा साभार छ