त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी सुरक्षालाई थप मजबुत बनाउन विमानस्थलको चारकिल्ला क्षेत्रमा नयाँ तारबार लगाउन सुरु गरिएको छ । चारकिल्लाको तारबार कमजोर भएकाले अनाधिकृत व्यक्ति विमानस्थल परिसरमा प्रवेश गरेपछि तारबारले घेर्न सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलको बाहिरी तारबार नाघेर नै फागुन ९ गते एक व्यक्ति राहदानीबिना नै काठमाडौँबाट दोहा जाने तयारीमा रहेको नेपाल वायुसेवा निगमको विमानमा प्रवेश गर्न सफल भएका थिए । त्यसपछि निगमले विमानस्थलका सुरक्षा प्रमुखलाई निलम्बन गरिसकेको छ भने गृह मन्त्रालयले छानबिन समिति गठन गरेर नै सो घटनाको अनुसन्धान गरिरहेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले धेरै वर्षअघि विमानस्थलको चारकिल्लामा लगाइएको तारबार कमजोर बन्दै गएकाले नयाँ तारबार लगाउन सुरु गरिएको जानकारी दिनुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो