जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–२ बस्ने चालक ३० बर्षीय रामचन्द्र सिंतानलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार सोमबार राति पालुङबाट तरकारीको क्रेट बोकेर हेटौंडा तर्फ आउदै गरेको प्रदेश–३–०१ ००२२च ३५५६ नम्बरको पिकअप भ्यानमा १८३ किलो गाँजासहित सिंतानलाई पक्राउ गरिएको हो ।

प्रहरी टोलीले चेकजाँचको क्रममा तरकारीको क्रेटमा लुकाईछिपाई ल्याएको अवस्थामा लागुऔषध गाँजासहित बरामद गरिएको र पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।