हेटौँडा उपमहानगरपालिका हेटौँडा १० का लोकप्रिय चिया पसलका बुद्धिबहादुर श्रेष्ठ  ‘जेठा दाई’ को मृत्यु भएको छ ।

महेन्द्र राजमार्ग अन्र्तगत हेटौँडाको नेवारपानीमा स्कुटरलाई ग्याँसको बुलेटले ठक्कर दिदा दुर्घटनामा परि निकै गम्भिर घाईते भएका ‘जेठा दाई’लाई उपचारका लागि चुरेहिल पुर्याईएको थियो । तर, उपचारको क्रममा अत्यान्तै मिजासिला ‘जेठा दाई’ को आइतबार मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेवारपानीमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेका करिब ६० वर्षीय जेठा दाईको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल–०१ एन २९९९ नम्बरको भरतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मकवानपुरका मिडियाहरुमा दुर्घटनामा बुद्धिबहादुर श्रेष्ठको मृत्यु भएको खबर आएसंगै बुद्धिबहादुर हेटौँडाका लोकप्रिय, ‘जेठा दाई’ रहेको थाहा पाएपछि सामजिक सञ्जाल उनको तस्बिरले भरिएको छ ।

हेटौँडा १० सिमा चोकको अखण्ड हरिकिर्तन मन्दीरनिरै हेटौँडाका चिया पारखीको अत्यन्तै महत्वपूर्ण स्थलका ‘जेठा दाईले चियासँगै खुसी बाढ्ने गर्थे भने सामजिक सञ्जालमा उनलाई श्रद्धान्जली व्यक्त गर्नेहरु असंख्य भेटिएका हुन् ।

हेटौँडाका मुख्य चोक सिमाचोकमा रहेको उनको चिया पसलमा राजनितिक व्यक्तीदेखि मन्त्री,सांसद, सरकारी कर्मचारी, श्रमजी र मकवानपुरे पत्रकारको लागि चियाको चुस्की संग रमाउने थलो बनेको थियो ।

करिब ३० वर्षदेखि चिया बेच्दै ले चिया बेचेरै आफ्नो परिवारको आवश्यक्ता पुरा गरि बास बस्नकालागि घर पनि बनाएका थिए ।

हेटौँडाको बसपार्क क्षेत्रमा रात्रीबसमा आउने यात्रुलाई चिया बेञ्ने काम गरेका ‘जेठा दाई’ सिमाचोकमा ठेलामा र अनि गल्लीमा कोठा भाडामा लिएर ठेलाबाट दोकानमा प्रवेश गरेका थिएभने हेटौँडाको सिमा चोकनै महत्वपुर्ण स्थल बन्यो ।

चिया पसलमा मकवानपुरे प्राय पत्रकारहरुले चिया पिउने गर्थे भने कति पैसा कमाउनुभयो भनि प्रश्न गर्दा तिमिले अहिलेसम्म मेरोमा कति रुपैँयाको चिया पियौँ ? होला, तिमि मेरोमा आउन लागेको १५ वर्ष भैसक्यो, दिनको २ कपको मात्र हिसाब गर त ? हिसाब निस्कन्छ भन्दै मुस्कुराउथे । बिहान ४ वजेबाटै काम सुरु गरेर रातीमात्र विश्राम लिने जागरिला ‘जेठा दाई’ अस्ताएका छन् ।

बिहानै श्रीमती र आफु चिया पसलमा आउने र अ आफ्नो काममा निरन्तर दिने ‘जेठा दाई’ को दिनचर्या थियो । तर अब चिया पसल त फेरि सुरु होला तर ‘जेठा दाई’को हातले बनाएकोे चियाको चुस्कीसंग रमाउने दिन भने सकिएको छ ।
अलबिद प्रीय ‘जेठा दाई’