चितवन जिल्लाको राप्ती नगरपालिकामा प्रथम गड्यौली महोत्सव हुने भएको छ ।

गडयौली भिलेजको आयोजनामा राप्ती नगरपालिका २ स्थित गडयौली चौरमा आउदो पौष १४ गते देखि २४ गते सम्म महोत्सवको तयारी गरिएको आयोजक संस्थाद्धार पत्रकार मार्फत जानकारी गराइएको हो ।

विश्वभरी कोरोनाले अस्तव्यस्त बनाएको समयमा व्यवसायलाई उकास्नु पर्छ भन्ने सोच सहित कृषि,पर्यटन,व्यापार र खेलकुदको प्रवर्द्धनका लागि महोत्सवको आयोजना गर्न लागिएको आयोजक संस्थाका संयोजक गणेश लामाले बताए।

करिब ३० लाखको लागत लाग्ने अनुमान सहित महोत्सवमै डान्स आइडल हुन र प्रथम हुनेले २१ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ११ हजार प्राप्त गर्ने बताए ।

युग ज्योति युवा क्लबको सह आयोजना रहने उक्त महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने छन भने कार्यक्रमको प्राप्त नाफा रकम गरिब बालबच्चा र जीर्ण अवस्थामा रहेको कोरियन विज्डम स्कुललाई सहयोग गर्ने संयोजक लामाले बताए।