मकवानपुरगढी गाउँपालीकाले शिक्षक श्वर्णिम अवकास कार्यक्रम अन्तरर्गत सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।

लामो समयसम्म शिक्षण पेशामा कार्य गरिरहेका १३ जना शिक्षकलाई गाउँपालीकाले सोमबार सम्मान गरी बिदाइ गरेको हो ।
उक्त कार्यक्रममा शिक्षकहरु केदार नाथ ढुङगाना, गोबिन्द बहादुर तिमल्सिना , कौशिल्या कुमारी लुईटेल, अच्युत प्रसाद पोखरेल, रमेश कुमार पराजुली, सिताराम दहाल,शुभद्रा लामिछाने, शत्रुघन दुलाल, सिताराम प्रसाद न्यौपाने, कृष्ण प्रसाद पराजुली , नारायण प्रसाद गौतम, ईन्द्रमणि सापकोटा, शिव प्रसाद लामिछानलाई सम्मान गरिएको हो ।

मकवानपुरगढी गााउँपालीकाको आर्थिक बर्ष २०७८– ७९ को स्वीकृत कार्यक्रम अन्तरगर्त योजना लागु गरिएको र शिक्षकहरुको अनिबार्य अबकास ६० बर्षमा हुने भए पनि बाकी उमेरको आधारमा प्रोत्साहन रकम निर्धारण गरीएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताए ।

गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको सभाध्यक्षतामा रहेको कार्यक्रममा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।