हेटौंडा । ज्योति महिला कृषक समूह हेटौंडा १८ हर्नामाडीले बिहिरबार अनुदानमा खरिद बाख्राको पशुधन बिमा गरेको छ ।

गुम्बाडाँडा टोल कार्यक्षेत्र रहेको समूहले आफ्ना सदस्य कृषक महिलाले पालन गरेका २२ वटा बाख्राको पशुधन बिमा गरेको हो ।

समूहकी अध्यक्ष भवानी बञ्जराले प्रत्येक बाख्राको दुई सय रुपैयाँका दरले पशुधन बिमा गरिएको जानकारी दिइन् । अध्यक्ष बञ्जराले स्थानिय जातका खरी र जमुनापारी जातका बाख्राको पशुधन बिमा गरिएको बताए ।

उनका अनुसार हेटौंडा उपमहानगरपालिका र वडा कार्यालयबाट प्राप्त अनुदानमा आएका बाख्राको अनिवार्य रुपमा पशुधनबिमा आवश्यक पर्ने भएकाले एक वर्षका लागि पशुधन बिमा गरेको हो ।

कोषाध्यक्ष भवानी सिलवालले प्रति बाख्रा दुई सय रुपैयाँका दरले ४ हजार ४ सय रुपैयाँ बिमा कम्पनीलाई बुझाइएको बताए ।

उनले हेटौंडामा शाखा रहेको प्रुडेन्सियल इन्सुरेन्स कम्पनीबाट पशुधन बिमा गराइएको जानकारी दिए ।

हेटौंडा १८ का वडाध्यक्ष अनिल बानियाँले सरकारको दिइने अनुदानको व्यवस्थाले अहिले यस वडामा पनि कृषि तथा पशु पालनमा कृषकहरुको आर्कषण बढ्दो रहेको बताए । उनले हर्नामाडीलाई कृषिका क्षेत्रमा अझै अब्बल बनाउन आवश्यक तयारी एवं सहयोग गरिने समेत दाबी गरे ।