नेपाली काङ्ग्रेस १४ औं जिल्ला अधिवेशनमा मकवानपुरको माहोल निकै ततेको छ ।

जिल्ला सभापतिका सहित पदाअधिकारी उम्मेदवारहरुआफुले बाजीमार्न लागि परेका छन् ।

नेपाली कांग्रेस मकवानपुरको नयाँ नेतृत्वको कांग्रेस मकवानपुरको नेतृत्व गर्न दुई निर्माण व्यवसायी र निष्ठाको राजनितिकर्मी बताउने बीच प्रतिस्पर्धा हुने भएको छ ।

चुनावीे मैदानको त्रिपक्ष भिडन्तमा बाजी कसको हातमा पर्ने हो भन्ने सबैको चासो बनेको छ ।

प्रतिस्पर्धामा जयराम लामिछाने व्यवसायी संघ मकवानपुरको नेतृत्वमा रहेका पुर्व जिल्ला पार्टी सचिव तथा नगर सभापति भइसकेका आनन्दराम पराजुली र निष्ठाको राजनिति गर्दै आएको बताउने पार्टी सचिव बुद्ध लामा छन् ।

पहिलो संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसको तर्फबाट उम्मेदवार भएका नेता जयराम लामिछाने कांग्रेस मकवानपुरलाई चलायमान बनाउन आफनो वर्षौदेखी लागिपरेको बताउने नेता आनन्दराम पराजुली कांग्रसको सहि नेतृत्वमा भन्दै बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँको समर्थनमा बुद्ध लामा आएकाहुन् ।

मतदान फागुन १६ गते विहान ८ बजेबाट सुरु हुनेछ ।