नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ ।

नेपाली कांग्रेसको यही २७ गते महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणना केन्द्रीय निर्वाचन समितिले जनाए अनुसार आज हुने जनाईएको हो ।

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएकोमा पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मङ्गलबार पुनः मतादन भएको हो ।

दोस्रो चरणमा भएको निर्वाचनमा सभापतिका उम्मेदवारको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका हुन् ।

देउवाले र्२ हाजर ७ सय ३३ मत प्राप्त गरे भने का हुन भने अर्का प्रत्यासी डा. शेखर कोइरालाले १ हजार ८सय ५५ मत प्राप्त गरेका थिए ।

राष्ट्रियसभा गृह र भृकुटीमण्डपमा मतदानको व्यवस्था गरिएको कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि थिए भने ४ हजार ६सय २३ मत खसेको दोस्रो चरणको निर्वाचनमा ३५ मत बदर भएको थियो ।

सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय कोइराला र कल्याण कुमार गुरुङ चुनावी मैदानमा रहेका हुन् ।

१ सय ३२ पदका लागि ४सय ८७ उम्मेदवार रहेका छन् । मङ्सिर २४ गते भृकुटीमण्डपमा कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन गरिएको हो ।