नेपाली कांग्रेसको १४ औँ महाअधिवेशनमा ताराचन्द्र बजगाई ‘निशान’ले मकवानपुर जिल्ल सह–सचिवमा उम्मेदवारी दिएका छन् ।

मकवानपुरको बकैया ८ शिखरपुर घर भएका विश्वव्यपी रूपमा फैलिएको कोभिडको समयमा होस् या दुःखीको निमित्त होस् सहयोगका लागि तत्पर रहेका ताराचन्द्र ‘निशान’ औषधी व्यवसायमा छन् ।

उनि नेपाली चलचित्र निर्माताको रुपमा पनि परिचित छन् । बकैया कै श्री बुद्ध मा.वि. मा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका ताराचन्द्र ‘निशान’ ले आउदो पुष २७ गते हुन गइरहेको चुनावी मैदानमा उत्रिएका हुन् ।

मकवानपुरका ‘निशान’ले विद्यार्थी जीवन देखि नै नेपाल बिद्यार्थी संघमा आबद्ध हुँदै पार्टी र सघंठनमा रहेर अघि बढेका हुन् भने निःस्वार्थ भावनाले पार्टीको निमित्त सकारात्मक काम गर्नैका लागि उम्मेदवारी दिएको बताएका छन् ।

२०७१ सालमा पशुपति क्याम्पसमा नेपाली कांग्रेस नेपाल बिद्यार्थी संघमा आबद्ध रहि विद्यार्थी राजनिति सुरु गरको बताए ।

‘निशान’ले भने “ने.बि.सं.इकाई उप–सभापति भएर राजनितिमा निरन्तरता दिएको हुँ । जिल्ला अधिवेशनबाट मेरो जिल्ला सह–सचिवमा उम्मेदवारी छ ।नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय प्रतिनिधि लगायत सबैको सहयोग रहने विश्वास छ ।”