नेपाली कांग्रेस मकवानपुरको सभापति पदको उम्मेदवारको मतगणना जारी भइरहेको छ ।
सभापतिको मतगणना परिणाम अनुसार सभापतिमा  १ हजार १ सय मत गन्दा आनन्दराम पराजुली ३५९ जयराम लामिछाने ३२५ र बुद्ध लामा ३५५ मत प्राप्त गरेका छन्।
आनन्दराम पराजुलीले अहिले सम्म अग्रता हाँसिल गरिरहेका छन् ।  सभापति सहित कुल ४८ पदको लागि भएको मतदानमा १ हजार ७ सय ७५ मत खसेको थियो ।

आज मध्यान्न १२ बजेबाट सुरु भएको मतगणना साँझ ६ बजे सम्पन्न भएको थियो । सभापति सहित कुल ४८ पदको लागि भएको मतदानमा १ हजार ७ सय ७५ मत खसेको हो ।

कांग्रेस नेतृत्वकको लागि तिन जना सभापतिको युद्धमा छन् । अहिले सम्मको मत गणना अनुसार पराजुलीको अग्रता कायम रहेको छ ।

सभापतिमा उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेमा मंगलबार पुनः मतदान हुनेछ ।