नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशन आज (शनिबार)देखि काठमाडौमा सुरु हुने भएको छ।

महाधिवेशनको उद्घाटन शनिबार बिहान नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन्। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। नेतृत्वमा आउन युनियनका वर्तमान अध्यक्ष गोपालप्रासद पोखरेल र वरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारीले प्यानल बनाएका छन्

‘देशभरिबाट अध्यक्षमा दोहरिन साथीहरूको सुझाव आयो,’ अध्यक्षका उम्मेदवार पोखरेलले भने, ‘साथीहरूको सुझावलाई मनन् गर्दै कर्मचारीको हकहित तथा अधिकारका लागि अहोरात्र खट्न अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ।’ यसैगरी अध्यक्षका अर्का उमेदवार अधिकारीले भने, ‘मेरो उमेदवारी अन्यायमा परेका साथीलाई न्याय दिलाउन दबाब दिनु हो। र युनियनको संस्थागत विकास गर्नु मेरो मुख्य उद्धेश्य हुने छ।’

पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, खुला उपाध्यक्षमा यज्ञ वली, महासचिवमा दुर्गा फुयाल, तथा उपमहासचिवमा इन्दु शर्मा र गणेश भण्डारीले उम्मेदवारी दिने भएका छन्। यसैगरि सचिव र कोषाध्यक्षमा झविन्द्र पोखरेल, जगत पाठक, कुलप्रसाद भट्टराई, दिनेश पोखरेल, भरत मैनाली, कृष्ण सेजुवाल र हरि क्षेत्रीले उम्मेदवारी दिने भएका छन्। सचिवमा उम्मेदवारी घोषणा गरेका झविन्द्र पोखरेलले भने, ‘आधिकारिक ट्रेड युनियनको निर्वाचनमा युनियनको उपस्थितिलाई बलियो बनाउन र साथीहरूको हक हितका लागि मेरो उम्मेदवारी हो।’

यसैगरी पोखरेल प्यानलबाट महिला उपाध्यक्षमा निर्मला शर्मा, जनजाती उपाध्यक्षमा मनोज सुनवारले उम्मेदवारी दिने भएका छन्। प्रदेश उपाध्यक्षहरूमा प्रदेश १ बाट मानबहादुर बन, मधेस प्रदेशबाट राजकिशोर राउत, वागमती प्रदेशबाट दिपक मिश्र, गण्डकी प्रदेशबाट दिपक रेग्मी, लुम्बिनी प्रदेशबाट चन्द्रबहादुर खड्का तथा सुदूरपश्चिमबाट चेतराज जोशीले उम्मेदवारी दिने भएका छन्। युवा सचिवमा भुपेन्द्र अधिकारीले उम्मेदवारी दिने भएका छन्।

यसैगरि सुरेन्द्रप्रसाद अधिकारी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुवासकुमार पोखरेल, खुला उपाध्यक्षमा एकनारायण शर्मा काफ्लेले उम्मेदवारी दिने भएका छन। यसैगरी प्रदेश उपाध्यक्षमा प्रदेश १ बाट तोया तिमिसिना, मधेस प्रदेशबाट राजकिशोर राउत, बागमती प्रदेशबाट भिष्म लम्साल, कर्णालीबाट नृपजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट धर्मबहादुर देउवाले उम्मेदवारी दिने भएका छन्। अधिकारी प्यानलबाट महासचिवमा जनकबहादुर रावल तथा उपमहासचिवमा देवराज सापकोटा र सूर्य चापागाईले उम्मेदवारी दिने भएका छन। महिला उपाध्यक्षमा निर्मला शर्मा, मधेसी उपाध्यक्षमा अशोक रौनियार, श्रेणीविहिनी उपाध्यक्षमा शंकर पुरी तथा आदिवासी उपाध्यक्षमा पुरन गुरुङले उम्मेदवारी दिने भएका छन्।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो