हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित कमानेमा टोल स्तरिय फुटबल खेल प्रतियोगिताको आज फाइनल खेलमाओमनगर जागरणयुवा क्लब बिजयी भएको छ।

लागुऔषध मुक्त गरौँ स्वास्थ्यका लागि खेल भन्ने अभियान सहित न्हु देवनगर नेवा युवा क्लबको आयोजनामा गरिएको खेलमा ओमगर बिजयी भएको हो।

निकै प्रतिस्प्रधाका साथ दुर्इ समहु बिच भएको खेलमा दुबै तर्फबाट  गोल गर्न नसकेर  बराबरीमा सकिएको थियो।

जित हासिल गर्नकालागि  एकअर्काको पोष्ट सम्म बल पुर्यातापनि गोल गर्न नसहेर बराबरीमा टुङ्गिएको थियो ।

रोमाञ्क र उत्साहजनक खेलमा दुबै समुहले पहेलो कार्ड पनि पाएका थिए ।

गोलै नगरि खेलको समय सकिएपछि खेलको टुङ्गो लगाउन दिएको पेनाल्टीमा ओमनगरले तिन गोल गर्यो भने मैदाटोलले २ गोल गर्दै उपविजेता भएको हो।