एमसिसी विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी र संयुक्त मोर्चासहितको टोलीले बुधाबार सांझ मशाल जुलुस गरेका छन् ।

राष्ट्रघाती एमसिसी खारेज गर , राष्ट्रघाती एमसिसी चाहिदैन , देश बेच्न पाइदैन लगाएतका लगायतका नारा लगाउदै र्‍याली सहित हेटौंडा नगर परिक्रमा गर्दै सिमा चोक पुगेका थिए ।

मशाल जुलुस पछिको कोणसभामा एमसिसी विरुद्धको संयुक्त मोर्चाको तर्फबाट नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचीवालय सदस्य सुर्य अर्यालले सम्बोधन गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयन , नेकपा क्रान्तिकारी माओवादी का जिल्ला इन्चार्ज सागर , राष्ट्रिय जनमोर्चा समन्वय समितिको जिल्ला इन्चार्ज रामहरि , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरका सचिव यदु पासा , नेकपा माले मकवानपुरका उपसचिव हरिकृष्ण अधिकारी , सचेत नेपाली पार्टीका मकवानपुरका संयोजक अर्जुन पाठक , उन्नत लोकतन्त्र पार्टीका संयोजक अयोद्या भट्टराई , देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सतार अन्सारी लगायतको सहभागिता रहेको थियो ।