युक्रेन र रुसबीच दोश्रो चरणको वार्ता स्थानीय समय अनुसार बिहीबार बिहान बेलारुस–पोल्याण्डको सीमा बेलोभज्स्काया पुस्चामा बस्ने बताइएको छ । वार्ता शुरु हुनुअगावै रुसी सेनाले युक्रेनका मुख्य मुख्य शहरमा आक्रमणलाई तीब्र बनाएको छ ।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनका सहायक भ्लाडिमिर मेडिन्स्कीले रुसी वार्ताकारहरु वार्ता हुने स्थानमा बुधबार साँझ पुगिसकेको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।
युक्रेनी वार्ताकारहरु बिहीबार बिहान त्यता पुग्ने उहाँले बताउनुहुँदै मेडिन्स्कीले दुबै मुलुकले दोश्रो चरणको वार्ता गर्न सो स्थान छनौट गरेका हुन् । सम्भावित युद्धविरामलगायतका विषयवस्तुमा वार्ता हुनसक्ने दुवै पक्षले बताएका छन् ।

यद्यपि, इन्टरफ्याक्स समाचार संस्थाका अनुसार युक्रेनको एक पार्टीका नेता डेभिड अराखामियाले सो स्थानमा वार्ता नहुने दाबी गर्नुभएको तर अरु कुनै स्थानमा वार्ता हुने बताउनुभएको छ ।

सोमबार पहिलो चरणको वार्ता बसे पनि कुनै पनि निष्कर्षमा नपुगेपछि दुबै पक्षले अर्काे चरणको वार्ता गर्ने सहमति गरेका थिए ।
युक्रेनी परराष्ट्रमन्त्री डिम्रिट्रो कुलेबाले फेसबुकमा लेख्नुभएको छ, राजधानी किभ वार्ता गर्न सकारात्मक छ, तर रुसी अल्टिमेटम कुनै पनि हालतमा मान्न तयार छैन ।’

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो