हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गत रहेको हेटौँडा–भीमफेदी र कुलेखानी–काठमाडौँ छोटो दूरीको मार्गमा चल्ने सवारी चालकहरुको स्वास्थ्य परीक्षण र सवारी चालन अनुमति पत्रको सुरक्षाजाँच गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला स्वास्थ्य समन्वय कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय भीमफेदीको भएको सवारी चालकको एक दिवसीय स्वास्थ्य परीक्षणमा प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीका प्राविधिकहरूको सहयोग रहेको थियो ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षालाई मध्यनजर गर्दै आयोजना गरिएको स्वास्थ्य परीक्षण कार्यक्रममा केहि सवारी चालकहरु लागूऔषध सेवन गरेर सवारी चलाएको पुष्टि भएको छ ।प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. प्रविण पाठकले टि एच सि र्यापिड परीक्षणको मार्फत केही सवारी चालकहरूमा लागुऔषध सेवनको नतिजा ’पोजेटिभ’ देखिएको बताए ।
सवारी चालकहरूले लागुऔषध तथा मादक पदार्थ सेवन गरे/नगरेको परीक्षण गर्नुका साथै सवारीको आवश्यक कागजात र अनुमति पत्रको निरीक्षण गरिएको ट्रफिक प्रहरी कार्यालयका प्रमुख बच्चुराम फूयाँलले बताए । उनका अनुसार–“यातायात सुरक्षा, यात्रीप्रतिको जिम्मेवारी बोध गराउन र चालकहरूको लापरवाही नियमन गर्न यो मार्गमा नियमित अनुगमन आवश्यक हुन्छ ।














प्रतिक्रिया दिनुहोस्