योङ कम्युनिष्ट लिग नेपाल  (वाइसीएल) मकवानपुरको विस्तारित बैठकद्वारा लबराज ठकुरीको संयोजकत्वमा १००१ ( एक हजार एक ) निर्वाचन परिचालन कमिटी गठन भएको छ ।

तयस्तैगरि परिचालन कमिटीको सदस्यमा ८ पालिका १ नगरपालिका १ उपमहानगरपालिकाका पूर्ण कमिटी सदस्यहरु र संघिय क्षेत्र र प्रदेश क्षेत्रका सदस्यहरु रहने भएको हो ।

१५ गते दशै पालिकाको बैठक बस्ने र पालिकाका वडा स्तरिय निर्वाचन परिचालन, प्रचार प्रसार, र उमेदवार सुरक्षार्थ कमिटि निर्माण गर्ने भएका्े हो ।

संघिय निर्वाचन क्षेत्र र प्रादेशिक निर्वाचन क्षेत्रको जिम्मेवारी भने यस अघिको बैठकले तोके बमोजिम यथावत राखिएको छ ।

निर्वाचन बूथमा एक बुथ एकाउन्न युथको दरले बुथ सुरक्षाका लागी युबा परिचालन गरीने जनइएको छ ।

(वाइसीएल) जिल्ला अध्यक्ष लबराज ठकुरीको सभाध्यक्षतामा गरिएको बैठकमा प्रमुख अतिथि प्रदेश कमिटि सदस्य भिम पाख्रीन रहेका थिए ।

त्यस्तै केन्द्रीय सचिव सुमन पाख्रीन वाइ सी एल  केन्द्रीय सदस्य राजकुमार मोत्तान,जिल्ला समन्वय समिति सदस्य कमल अर्याल  (वाइसीएल)  केन्द्रीय बिभाग सदस्य सुनिल बैलकोटी, सरोज पाख्रीन लगायतको गरि उपस्थिति रहेको थियो।