हेटौंडा । हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी ५ औं मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा जीत निकाल्दै हेटौंडा–१७ दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणको खेलमा हेटौंडा–१२ लाई २–० गोलले हेटौंडा–१७ ले हराएको छ । हेटौंडा–१७ बाट विवेक माझी र रोज श्रेष्ठले समान एक÷एक गोल गरेका छन् ।
खेलको म्यान अफ द म्याच हेटौंडा–१७ का समीरराज थोकर घोषित भएका छन् । बिहीबारै भएको पहिलो खेलमा हेटौंडा–१५ टाइब्रेकरमा २–० गोलले हेटौंडा–५ लाई हराएको थियो । प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार पनि दुई टिमबीचको खेल हुने नगर खेलकुदका विकास समितिका सदस्य विजय गौतमले बताए । पहिलो खेलमा हेटौंडा–२ र हेटौंडा–७ बीच प्रतिस्पर्धा र दोस्रो खेलमा हेटौंडा–८ र हेटौंडा–९ बीच प्रतिस्पर्धा हुने सदस्य विजय गौतमले बताए ।























प्रतिक्रिया दिनुहोस्