नेकपा एमाले ‘मिसन ग्रासरुट’ अभियानका लागि केन्द्रीय सदस्यहरुलाई खटाएको छ।  २६ माघमा बसेको केन्द्रीय सचिवालयको बैठकले आफ्ना केन्द्रिय सदस्यलाई मिसन ग्रासरुट को लागि खटाउने निर्णय गरेको थियो। पार्टीले फागुन र चैत महिनाभर संगठन विस्तार गर्नेछन्। अभियान फागुन ५ गतेदेखि सुरु हुने छ।

अध्यक्ष केपी शर्मा ओलीले अभियान सुरु हुने दिन फागुन ५ गते सवा १२ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

अभियानमा पालिका पालिकामा खटिने केन्द्रीय सदस्यहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्ने एमालेले जनाएको छ।

नागरिक न्युजबाट साभार छ ।