हेटौंडा-गएको भदौ १० गते बुधाबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा उद्धारमा हेटौंडा उपमहानगरका सम्पूर्ण टोल विकास संस्थाहरूले अभियान सञ्चालन गर्ने भएका छन्।
टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरले बाढीपीडितका लागि सहयोग रकम संकलन गर्न सम्पूर्ण टोल विकास संस्थाहरूलाई आह्वान गरेपछि सुरु हुने समितिले जनाएको छ।
विपद्को कठिन समयमा मानवीय दायित्व बोकेर पीडित नागरिकलाई साथ दिनुपर्ने भएकाले हेटौंडामा रहेका सम्पूर्ण टोल विकास संस्थाहरूको सक्रियतामा ले सहयोग संकलन गरी सोमबार देखि अभियान चलाइएको समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले बताए । अध्यक्ष अधिकारीका अनुसार रकम जम्मा गर्न चाहानेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा वा कोषले उपलब्ध गराएको क्यूआर कोडमार्फत जम्मा गर्न आग्रह गरिएको छ।
संकलित सहयोग रकमको विवरण सम्बन्धित वडा समन्वय समिति तथा टोल विकास संस्था नगर समन्वय समितिमा पठाइने र सहयोग गर्ने टोल विकास संस्थाहरूको नामावली तथा सहयोग रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिने बताएका हुन् ।
अध्यक्ष अधिकारी भन्छन् “विपद्को समयमा पीडित नागरिकको दुःखमा साथ दिनु मानवीय दायित्व हो। पीडित परिवारका लागि थोरै सहयोग पनिआशाको आधार बन्न सक्छ । विपद्मा परेका नागरिकलाई राहत पुर्याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।”























प्रतिक्रिया दिनुहोस्