हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध सहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार ८ बजेर ४५ मिनेटको समयमा मकवानपुर प्रहरीले विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिपद व्यवस्थापन बेस कुलेखानीबाट र इलाका प्रहरी कार्यालय भिमफेदीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–२ कुलेखानी हुँदै काठमाडौं जाँदै गरेको बीआरओ०५पीए९०९३ नम्बरको भारतीय स्कारपियो गाडीलाई रोकेर सुरक्षा जाँच गर्दा गाडीमा सवार भइ आएका ४ जना भारतीय नागरिकको साथबाट लागूऔषध एम्पुल डाईजेपाम फेला पारेको हो ।

प्रहरीले भारत मोतीहारी जिल्ला सुगौली वाड–११ बस्ने बर्ष २४ वर्षीय शेख गुल्जार, वडा– ९ बस्ने २५ वर्षीय बसिम अहमद, वडा–३ बस्ने १९ वर्षीये नेसाब आलम र ४३ वर्षीय शेख सकुतलाई शंका लागेर रितपुर्वक खान तलासी गर्दा लुकाई छिपाइ ल्याएको अवस्थामा डाईजेपाम २२२६ एम्पुल, नुर्फिन २३५६ एम्पुल, प्रोमेथाईजिन हाईड्रोक्लोराईड १८६१ एम्पुल गरी जम्मा ६४४३ एम्पुल र ट्रामाडोल ४९ ट्याबलेट बरामद गरेको प्रहरीले जानकारी दिएको छ । लागूऔषधसहित निज प्रतिवादीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी