लागूऔषध गाँजासहित पक्राउ परेका प्रतिवादी ।

हेटौंडा । बारा प्रहरीले लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ७ बजेर ३० मिनेटको समयमा बाराको प्रहरीचौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक बब्बि बम्जनको नेतृत्वयमा खटिएको प्रहरी टोलीले १० किलो ७७८ ग्राम लागूऔषध गाँजासहित सिमौनगढ नगरपालिका वडा नम्बर–७ मलाही टोलका ३४ वर्षीय धर्मेन्द्र सहनी मलाहालाई पक्राउ गरेको हो ।

जीतपुर सिमरा उप–महानगरपालिका वडा–१ पथलैया चोकमा नारायणघाटबाट बीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ७३४६ नम्बरको यात्रुबाहक बसलाई रोकेर सुरक्षाजाँच गर्दा बसमा सवार भइ आएका महालले कालो झोला बोकी बसि रहेको अवस्थामा झोला भित्र लुकाई झिपाई राखेको लागू औषध गाँजा फेला परेको थियो । लागूऔषधसहित निज प्रतिवादीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।