जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखि आफ्नो कार्यालयले अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने भएको छ ।
प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस ओमिक्रोन देखिएपछि सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैह्रेद्धारा हस्ताक्षर गरिएको विज्ञप्ति जारी गर्दै माघ ९ गते सम्मकालागि सेवा बन्द गर्ने उल्लेख गरिएको हो ।

सुचना यस्तो छ 

जिल्ला प्रशासन कार्यालय मकवानपुरको जरुरी सूचना ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण यस जिल्लामा तिव्र रुपमा बडिइरहेको साथै यस कार्यालयका कर्मचारीहरु समेत संक्रमित हुन गई उपचार एवं होम आइसोलेसनमा रहेका हुँदा सेवाग्राहीका चापलाई मध्यनजर गर्दै सेवा प्रदायकको रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीचको नियमित र प्रत्यक्ष सम्पर्क हुने यस कार्यालयको नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, संघ/संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र सेवा मिति २०७८/१०/०९ गतेदेखि मिति २०७८/१०/१४ गतेसम्मलाई स्थगित गरिएको छ ।

शान्ति सुरक्षा, विपद, मुद्दा, राहदानी सम्बन्धी अत्यावश्यक सेवा नियमित रहने व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ।