जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले अग्रपङतीमा रहेर सेवा दिनेकालागि बुस्टर डोज खोपको व्यवस्था गरिने बताएका छन् ।

विश्वभरी फैलिएको कोभिड नियन्त्रमा चासो राखिए संगै मकवानपुरको विभिन्न सार्वजानिक स्थल रअतिआवाश्यक कार्यहुने र बढी भीडभाड हुने स्थानहरुमा खोप केन्द्रहरुको व्यवस्था गरेर खोप लगाउने व्यवस्था मिलाउने भएको बताएका हुन् ।

आइताबार बसेको  जिल्ला कोभिड व्यवस्थापन समितिको कैठकमा सरकारको निर्णय अनुसार नै मोर्डना खोपको दोस्रो मात्रा खोप केन्द्रबाटै र १२ देखी १७ वष सम्मकालाई र  स्थानीय तहको शिक्षा शाखासँग समन्वय गरी खोप लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिएका हुन् ।

अग्रपङ्क्तिमा खटिने सबैले नजिकको खोप केन्द्रबाट बुस्टर डोज लिन पाउने व्यवस्थामा लागिएको जनाईएको छ  । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सञ्चारकर्मी, सार्वजनिक फोहर सङ्कलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, विमानस्थलमा खटिने कर्मचारीहरूले चालक र सहचालकहरुले पनि सहजै बुस्टर डोज पाउनेछन् ।

६० वर्ष माथिका जेष्ठ नागरिकलाई बुस्टर खोपको व्यवस्था गरि कोभिड खोपको कमी हुन न दिने र बढि भन्दा बढि खोप उपलब्ध गराई लगाइने प्रयास रहेको जनाईएको छ  ।

कोरोना संक्रमितको संख्या बढेसँगै संक्रमणबाट मृत्यु भएको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो कार्य गर्न  समेत अग्रह गरिएको छ ।

 

निर्णयहरू
१. नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार यही मिति २०७८-१०-०३
    गतेदेखि मोडरना खोपको दोस्रो मात्रा लगाउने निर्णय भएबमोजिम पहिलो मात्रा मोडरना खोप सञ्चालन भएको खोप केन्द्रबाटै १२-१७ वर्ष          उमेर समहका लागि पालिकास्थित शिक्षा शाखासँग समन्वय गरी
   खोप लगाउने व्यवस्था मिलाउने ।

२. नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कोभिड व्यवस्थापनमा अग्रपंक्तिमा
    खटिने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सार्वजनिक सेवामा कार्य गर्ने कर्मचारीहरूलाई यही मिति २०७८१०.०२ गतेदेखि खोपको दोस्रो मात्रा         लगाएको ६ महिना पूरा भएमा पहिलो चरणमा जुन खोप
  लगाएको हो सोही खोप अतिरिक्ति (Booster Dose) खोपको रूपमा लगाउने व्यवस्था मिलाउने ।

३. नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई यही मिति २०७८-१०-०४               गतेदेखि खोपको दोस्रो मात्रा लगाएको ६ महिना पूरा भएमा पहिलो चरणमा जुन खोप लगाएको हो सोही खोप अतिरिक्त (Booster Dose)       खोपको रूपमा लगाउने व्यवस्था मिलाउने ।

  ४. सार्वजनिक स्थल तथा बढी भिडभाड हुने स्थानहरूमा आवश्यकता बमोजिम थप खोप केन्द्रहरूको
     व्यवस्था गरेर बढी भन्दा बढी कभरेज गराउने व्यवस्था मिलाउने ।