धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–३ , मुलपानी, मुर्चोकमा बगाले थापा क्षेत्रीहरुको १३९ औं कुलपुजा सम्पन्न भएको छ ।

हरेक ३ वर्ष पुरा भई चौथौ वर्ष सुरुभएपछि बिवाहको साईत पारि गरिने कुलपुजामा नेपालका बिभिन्न जिल्लाका बगाले थापा भेला भई गरिने उक्त पुजा माघ २८ गते धुमधासंग सम्पन्न गरिएको हो ।

बगाले थापा क्षेत्रीको कुलपुजामा भारतिय भुमिदेखि नेपालको बिभिन्न भुमिमा रहेका समस्त बगाले थापा क्षेत्रीहरुले मुल स्थान मान्दै आएको मुर्चोकमा  निकै उत्साह, र आस्थाका साथ सहभागी जनाएका हुन् ।

अघिल्लो दिन उक्त स्थानमा रहेको निशान मन्दिरमा आफुले संकल्प गरेर ल्याएका सामाग्रीहरु पुजा गर्ने लाखबत्ती बालेर भोपल्ट बिहानै निशान घरबाट कुलदेवताको जपना गर्दैे नेपालीहरुको मौलीक पञ्चेबाजाका धुनका साथ रमाउदै नाच्दै गाउदै थापाहरुको जनसागर कुलपुजा सम्पन्न गर्न पुगेका हुन्।

देवताले दिएपनि कुल क्रोधित भएभने हानीहुने मान्यतामा कुल प्रशन्न पार्नकालागि अ–आफ्नो सोच र इच्छा अनुसार पुजाका सामाग्री र बलिदिनाका लागि भेडा र बोका लाने प्रचलन रहेको छ भने बगाले थापाको जेठो व्यक्तीको नेतृत्वमा बलिदिने चलन समेत रहेको छ।

कुलपुजामा बलि दिनकालागि परपुर्वकाल देखि कुलदेवता प्रवेश गर्ने ३ जनालाई डांग्रे भन्ने प्रचलन छ भने ३ जना गरि पुजाकालागि ५ जाना मुख्य स्थलमा रहने गर्छन् ।

मुख्य थलोमा भेडा र बोका बलिदिेने डांग्रेहरुले भोगखाने गर्छन् भने कुलदेवता प्रवेश गरेर उक्त भोग स्वीकार गरेको परापुर्वकाल देखिनै मान्यता रहेको हो ।

काठमाडौँ नारायणघाट सडक सडक खण्डमा पर्ने मलेखु बजारबाट सडक परिर्तन गरि पुगिने स्थानमा गरिएको कुलपुजामा भव्य मेला सरह सम्पन्न गरिएको हो ।

बिभिन्न स्थानबाट आएका बगाले थापहरुकालागि निःशुल्क खान र बसोबास स्थानको व्यस्था समेत गरिएको हो ।

Dhading-बगाले थापा-बबाल कुलपुजाHetaudaकसरी गर्छन् त? बगाले जनसागरBagale Thapaधादिङमा!बाजागाजा सहित।

 

 

यसै विषयमा मुख्य पुजारी केदार बहादुर थापा र निःशुल्क खान र बसोबास स्थानको व्यस्थापनको व्यवस्थापनको संयोजनमा खटिनु भएका गाउँपालिका अध्यक्ष समेत रहनु भएका व्यक्ती शम्भ ुकुमार थापा संग गरिएको कुराकानी फेरी प्रस्तुत गर्ने छौं ।